Tuesday, October 1, 2013



३ जना गफाडी बच्चाहरु
३ जना गफाडी बच्चाहरु गफगर्दा
पहिलो बच्चा:-यार हाम्रो बा ले
हलो जोत्यो भने धर्तिनै फाट्छ
यार।
दोस्रो बच्चा:- तेरो बाउ त के
हो र हाम्रो बा ले त प्लेन
उडायो भने आकास नै फाट्छ्।
अनि तेस्रो बच्चा:-
तिमीहरुको बाउ त के हो र,
हाम्रो बा ले त झन् पादयो भने
कट्टुनै फाट्छ।
भागेर जान त
पहिलो गधा : यार मेरो मालिकले मलाई सधैं कुट्ने गर्छ ।
दोश्रो गधा : त्यसो भए  भागेर जान त ! किन त्येसको मा बसिरको त अझै     ?
पहिलो गधा : भागेर त जान्थे तर यहाँ भबिस्य राम्रो देखेर भाग्न मन छैन यार !!!
दोश्रो गधा : भबिस्य राम्रो छ रे तर कसरि ??
पहिलो गधा : मालिकको एउटी राम्री छोरी छे अनि छोरीले कहिले काही  केही बदमासी गरे धेरै बदमासी गर्यौ भने ते रो  बिहे गधा सँग गरिदिन्छु भन्छ  बस !!यही आशामा बसेको छु यार….
गफ नदे
काले : आज मैले कटरिना कैफसँग फोनमा कुरा गरे नि यार !!
गोरे  : गफ नदे मलाई त विश्वाश लागेन ।
काले  : बिद्या नष्ट ..फोनमा कुरा गरेकै हो यार !!!
गोरे  : होर र !! अनी उनले के भनी त ???
काले : हाहाहह्हा के भन्नु नि रङग नम्बरहाहाहह्हा

एकदम खर्चालु छे
मुन्द्रे : मेरि बुडि एकदम खर्चालु छे यार सँधै बिहानै पिच्छे ५०० माग्छे ।
धुर्मुस : अनि तेत्रो पैसा के मा खर्च गर्छे त ?
मुन्द्रे : खै मैले कहिलेई पैसा दिएको भएपो ।

जनावरको डाक्टरको
बिरामी पति : मलाई जनावरको डाक्टरको मा लैजाउ ।
पत्नी : किन र ?
पति : सधैं बिहान भाले जस्तो उठ्छु, घोडा जस्तो कुदेर अफिस जान्छु, गधा जस्तो काम गर्छु, घर आएर कुकुर जस्तो सबैलाई भुक्छु र राती भैंसी सँग सुत्छु
भित्र सिता कपडा फेर्दै छिन
एक दिन हनुमान एउटा गाउँमा गुम्दै जाँदा म श्री रामको भक्त हनुमान हुँ भन्दा मानिस हरुले नपत्याए पछि उनले आफ्नो छाति चिरेर राम सिताको तस्विर देखाउन लाग्दा राम फुत्त बाहिर आएर हनुमानको गालामा एक झापड हिर्काएछन् ।
हनुमान : प्रभु मैले के विराएँ ?
राम : तँलाई जाहाँ पायो त्यहाँ जतिखेर पायो तेतिखेर छाति चिरेर देखाउनु पर्छ ?
हनुमान : किनर प्रभु ?
राम : भित्र सिता कपडा फेर्दै छिन ।

नेपाल टेलिकमको नयाँ सेवा विवाह सेवा:
सम्बन्धको लागि १ थिच्नुस्, मग्निको लागि २ थिच्नुस्, विवाह नै गर्न ३ थिच्नुस्
मुन्द्रे: दोस्रो विवाहको लागि के थिच्ने?
नेपाल टेलिकम : यस सेवाको लागि पत्नीको घाटि थिच्नुस्।।।।।
मिठो मिठो मात्र बोल्नु ल
एउटा बच्चालाई स्कुल जाने बेलामा बाबुले भनेछन ।
बाबु तिम्रो आज स्कुलामा पहिलो दिन हो । त्यसैले
सर हरुसँग मिठो मिठो मात्र बोल्नु ल । छोरा हुन्छ ।
सर : बाबु तिम्रो नाम के हो ?
बालक : रसवरि
सर : अनि तिम्रो बुवा आमाको नाम के हो ?
बालक : बुवाको नाम लड्डु आमाको नाम जेरि ?
सर : अनि तमि काहाँ बस्छौ त ?
बालक : मा मिठाईको बट्टामा ।
हिजै खाएको थिए
शिक्षीका :तिमी सधै खाना खाएसकेपछि मुख किन सफा गदैनौ ।म तिम्रोमुख हेरेर नै भन्न सक्छु कि तिमीले के खाएको छौ ?
निर्मला :भन्नु त के खाएको छु ?
शिक्षिका :फाडो
निर्मला :गलत त्यो त हिजै खाएको थिए ।
एक जमाना थियो मानिसहरु आफ्नो ढोकामा लेख्थे,
'अतिथि देवो भव:`!
फेरि लेख्थे `शुभ लाभ`!
फेरि लेख्थे `यू आर वेलकम`!
अहिले लेख्छन  'कुकुरदेखि सावधान'!
मुन्द्रेको छोरो
हाम्रो मुन्द्रेको पनि छोरो जन्मेछ । न्वारनमा मुन्द्रेकै ठुलाबा ब्राम्हण बजेले राखिदिएको नाम मुन्द्रेको परिवारलाई मन नपरेर अर्कै नाम रखिदिछन् यो कुरामा बजेलाई चित्त नबुझेर सराप दिएछन कि यो बच्चाले जस जस्को नाम लिन्छ त्यो मान्छे ठाउँको ठाउँ मरोस ।
बच्चा अलि ठुलो भएपछि एकदिन आमा भनेछ तुन्तै आमा ठाउँको ठाउँ मरिछे ।
तेसैगरि मामा भनेछ मामापनि चेट भएछन् ।
फेरि बुवा भनेछ तर मुन्द्रे मरेन अनि मुन्द्रे खुसि भएछ । भोलिपल्ट हेर्दात मुन्द्रेको दाजु भोकेलेपो सिलटिम्मुर खाईसकेको रहेछ ।
ट्राफिक हुन
मुन्द्रे : मेरा बाले त एक हातले ट्रक रोक्नुहुन्छ ।
राम : होर तिम्रा बा बलवान हुन कि के हो ?
मुन्द्रे : होईन मेरा बा ट्राफिक हुन ।
तपस्या बाट प्रभु खुसि हुँदै
प्रभु : म तिम्रो तपस्याबाट खुसि छु बर माग मुग्द्रे ।
मुग्द्रे : प्रभु मलाई बर होईन बधु चाहिएको छ ।
गाडिको स्पिड
मिना : किन गाडिको स्पिड बढाएको ?
मुन्द्रे : गाडिको ब्रेक फेल भयो त्यसैले एक्सिडेन्ट हुनु भन्दा पहिले घर पुगौ भनेर ।
झुक्किएर
बाबु :आज तेरि आमा किन चुपचाप छे ।
मुन्द्रे : आमाले लिप गार्ड माग्दै हुनुहुन्थ्यो मैले झुक्किएर फेबिकल दिएछु ।
नर्क
पण्डितले जड्याहालाई झल्लु भएको देखेर भनेछन ।
पण्डित : बाबु तिमि यस्तो चिज खाएर नर्कको बाटोतिर जाँदैछौ ।
जँड्याहा : ए गुरुजि गाडि रोक्नुस त म ओर्लन्छु यो गाडित नर्कपो जाने रहेछ ।

No comments:

Post a Comment